National Program

स्थानिय तहको दोस्रो चरणको निर्वाचनको गतिबिधी

स्थानिय तहको दोस्रो चरणको निर्वाचन असार १४,२०७४ को दिन शन्तिपूर्ण ढंगले सम्पन्न भएको छ। प्रदेश १, ५, ७ को ३३ जिल्लाको मतदान स्थलमा मानव अधिकार संगठनका ६४० जना पर्यबेक्षकले निर्वाचन पर्यबेक्षण गरेका थिए। दोस्रो चरणको निर्वाचनमा करिब ७०.५% मतदान भएको छ। बिहान बर्षाको कारणले कतिपय मतदान स्थलमा मतदान ढिला सुरु भएपनि अधिकांश जनताहरु उत्सहाका साथ मतदानमा सहभागि भएको पाइयो। निर्वाचनमा महिला र युवापुस्ताको सहभागीता पनि उत्साहजनक पाइयो।

निर्वाचन अधिकांश ठाउँमा शान्तिपूर्ण ,स्वतन्त्र, निष्पक्ष, भएको पाइयो। निर्वाचन बिरोधी गतिबिधी भए पनि मतदानमा सहभागि भएर नेपाली जनताले प्रभाब क्षेत्र भनिएका जिल्लामा उत्साहजनक रुपमा मतदान गरेको पाइयो।

निर्वाचनको दिनको गतिबिधी:

  • राजारानी,चौबिसे गाउँपालिका, धनकुटा जिल्ला बाट २ जना, बिराटनगर-३ मा १ जना र दाङ जिल्लाको देउखुरी गधव गाउँपालिकामा १ जना गरी ४ जना ब्यक्तीलाई अर्काको नाममा भोट हाल्न जादा पक्राउ मा परेको।
  • रोल्पा न.पा-१० को भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड खसालेर केही मतपत्र जलेको पाइएको।
  • सुनसरी जिल्लाको धरान-२ मा ब्यापक चुनाव चिन्हको प्रचारतमक बस्तुहरु देखिएको पाइयो।
  • सन्खुबासभाको बिभिन्न मतदानकेन्द्रमा बर्षाको करणले मतदान ढिलो सुरु भएको पाइयो।
  • नवलपरासीको सरावल गाउपलिका-६ स्थिथ जनता मा.बि मा जम्मा ५०२ मतदाता रहेकोमा केबल २ मत खसेको जानकारी पाइयो। स्थानिय जनताले पहिले देखिनै बिरोध गरिरहेको साथै गाविस कार्यालय समेत ताला लगाएको तर यस्को कुनै प्रकारको सुनुवाई नभएकोले गाउलेले सोको बिरोध स्वरुप स्थाननिय निकाय को चुनाव बहिस्कार गरेको जानकारी पाइयो।
  • पाल्पा जिल्लाको एक गाउपलिका मा ८४ बर्षको वृद्धको लाइन बस्ने क्रममा हृदय घात भई मृत्‍यु भएको खबर पाइयो।
  • अछामको बजिनाथ केन्द्रमा पार्टीहरुको झडप भएको पाइयो।
  • कंचनपुर जिल्लाका केही स्थानहरुमा बम रखेर मतदातालाई तर्साउन खोजेको भएपनि सुरक्षा ब्यबस्था कडा पारीएको कारण मतदान स्थल र केन्द्रहरुमाकुनै प्रकारको अप्रिय घटना नघटेको पाइयो।
  • नवलपरासीको उजौली मतदानकेन्द्र लगायतका कतिपय स्थल असुरक्षित र अब्यवस्थित रहेको पाइयो।

२० बर्ष पछी स्थानिय तहमा आफ्ना जनप्रतिनिधि चुन्नपाउदा मातदाताहरु प्रतिकुल मौसम र डर-त्रास फैलिएको अवस्थामा पनि उत्साहका साथ निर्वाचनमा सहभागी भएको जनता को उत्साहा प्रशंशनीय छ।

 

This slideshow requires JavaScript.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s