FAQ

प्र. न. १. मानव अधिकार भनेको  के हो?

उत्तर: मानव अधिकार  यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। मानव अधिकार मानिस भएर जन्मेकै कारण जन्म साथ स्वत: पाउने अधिकार हो र यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन ।

 

प्र. न. २. नेपाल को कानूनमा मानव अधिकार कहाँ कहाँ राखिएको ?

उत्तर: नेपाल को संबिधानमा धारा १६ देखि धारा ४८ सम्म मौलिक हकले मानव अधिकार लै सुनिस्चित गरेको छ|

नागरिक अधिकार ऐन २०१२ ले पनि मानव अधिकारलाई सुनिस्चित गरेको छ :

  • कानूनमा सबै समान छन् र धर्म, जात, जाति र लिङ्गको आधार मा भेदभाव हुने छैन
  • बिशेष वर्ग को लागि बिशेष व्यवस्था गर्न सकिने, जस्तै: महिला अधिवाशी आधि को लागि स्वतन्त्रताको अधिकार
  • धार्मिक स्वतन्त्रता
  • कानून ले दिएको बाहेक कर लगाउन नपाउने
  • नागरिक बासस्थान को रक्षा गर्ने
  • आपराध ठहर नभई सजाय नहुने, आधि

 

प्र. न. ३ नेपाल मानव अधिकार संगठनले मानव अधिकारको रक्षा र प्रबर्दनको निमित्त के कस्ता कदम उठाएको छ ?

क. सन् १९८८ मा नेपालको पहिलो मानव अधिकार संस्था हुनु नै त्येस्बेला को ऎक दलिय पंचायती व्यवस्थालाई चुनौती दिनु

ख. बिक्रम सम्बत २०४६ र २०७३ को जनआन्दोलनमा मानव अधिकार र प्रजातन्त्र को निमित्त जनतासंग प्रतक्ष रूप मा साथ दिनु

ग. राष्ट्रिय मानव अधिकार आयोग गठन गर्न मा मुख्य भूमिका रहनु

घ. दस वर्ष लामो द्वन्दकालमा सरकार र बिपक्षीद्वारा गरिएको मानव अधिकार हनन र बेपत्ता को छानबिन मा भूमिका

. सन् २००८ र सन् २०१३ का आम निर्वाचनमा अनुगमन र  पर्यवेक्चनको भूमिका

च. सन् २०१७ को स्थानीय तह निर्वाचनमा अनुगमन र  पर्यवेक्चनको भूमिका रही आएको छ

 

प्र. न. ४. मानव अधिकार हनन सम्बन्धि, मैले कसरी नेपाल मानव अधिकार संगठनलाई उजुरी गर्न सक्छु ?

क. नेपाल मानव अधिकार संगठनलाई फोन गने

ख. नेपाल मानव अधिकार को Website मा सिधै उजुरी फारम भर्ने

ग. नेपाल मानव अधिकार को Website मा उजुरी फारम Download गरेर, फारम भरेर केन्द्रिय या जिल्ला कार्यालयलाई बुझाउने